काठमाडौँ, २७ असोज । नेकपा माओवादी (केन्द्र)का नेता लोकेन्द्र विष्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता विष्टले पार्टीको हरेक जिम्मेवारीबाट अलग भइ साधारणा सदस्य समेत नरहने गरि राजिनामा दिएका हुन् । उनले बाम गठबन्धनको औचित्य र पार्टीको शत्ता लिप्त आचारण लगायतको कारण देखाउदै राजिनामा दिन बाध्य भएको बताएका छन् । कुन पार्टीमा जाने भन्ने विषयमा मौन रहेका विष्टले राजनीतिमा सिद्घन्तभन्दा अवसरबाद हाबी भएको उल्लेख गरेका छन् । पूर्व मन्त्री समेत रहेका नेता विष्ट माओवादीमा उदार र स्पष्ट वक्ताको रुपमा चिनिन्थे । उनले कृषीमा आधुनिकिकरण र स्वाभलम्बनको प्रयास गर्ने भन्दै आफ्नै कृषीफर्म सञ्चालन गरी काम पनि गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया