रुपन्देही : न्यून बिजकीकरण गरि भन्सार छल्ने बुटवलका व्यापारी राजेन्द्र शर्मालार्इ सीमा सुरक्षा शसस्त्र प्रहरी बल गुल्मको मोबार्इल टोलीले पक्राउ गरेको छ ।
जय मातादी ट्रेडर्स, बुटवलका सञ्चालक शर्माले भारतबाट नेपाल सामान ल्याउँदा बिलमा उल्लेख गरेभन्दा बढि र फरक प्रकृतिका सामान अायात गरेको पार्इएको छ ।
शर्माले लु १ च ९५८९ नम्बरको पिकअप भ्यानमा न्यून बिजकीकरण गरिएका र फरक प्रकृतिका सामान हालेर ल्याउँदै गर्दा देवदह नगरपालिका-११ को शुकाैलीबाट सिमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भन्सार छल्दा पक्राउ परेका शर्मालार्इ थप अनुसन्धानका लागि र्इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको राजस्व अनुसन्धान कार्यालय, बुटवलले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया