बाँकेका इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज : बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ ।

नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको सहमतिपछि समितिले दर्ता गर्नुपर्ने उही निर्णय दोहो-याएको हो । “अब पहिले जस्तो हुँदैन, सोमबार भएको निर्णय हामी कार्यान्वयन गरेरै छाड्छौँ”, प्रजिअ केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?