रसिया । जारी २१ औँ संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।
आजराति हुने पहिलो सेमिफाइनल खेलमा पूर्व विश्व च्याम्पियन फ्रान्सले बेल्जियमको सामना गर्दैछ । यि दुई टिमविचको खेल नेपाली समयअनुसार
आजराति पौने १२ बजेपछि शुरु हुँदैछ । उपाधि होडमा रहेको फ्रान्स र बेल्जियमविचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दैछ । त्यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सन् १९९८ को फाइनलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै फ्रान्सले पहिलो पटक उपाधि उचालेको थियो भने १९६६ जर्मनीलाई हराउँदै इंग्ल्याण्डले उपाधि जितेको थियो । यता बेल्जियम र क्रोएसियाले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन् ।
क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्योे भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।
प्रत्येक चार-चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो समयमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
त्यस्तै, बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंग्ल्याण्डले क्रोएसियाको सामना गर्दैछ । बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया