इलाममा गाँजा बेच्ने महिला पक्राउ

इलाम : लागुअाैषध गाँजाको कारोबार गर्ने रिता रिजाललार्इ इलाम प्रहरीले पक्राउ गरेको छ ।

१ किलोग्राम लागुअाैषधसहित सूर्योदय नगरपालिका-२ स्थित बागबिरेबाट रितालार्इ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

अाफ्नो घरलार्इ नै गाँजा बिक्री गर्ने थलो बनाउँदै अाएकी रिजाललार्इ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?