पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घार्इते

फिदिम : पाँचथरको याङबर गाउँपालिकास्थित चैतेभीरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने जीपमा सवार ९ जना घार्इते भएका छन् ।

अनियन्त्रित भर्इ सडकबाट करिब ३ मिटर खसेको जीपमा सवार च्याङथापु-१ का कैलाश अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चालकसहित १० जना सवार जीप दुर्घटनामा घार्इते भएकालार्इ उपचारका लागि अस्पताल लगिएको छ ।

दुर्घटनाबारे अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?