जुम्लामा अनसनरत डा. केसीको मुटुमा गम्भीर समस्या देखियो

काठमाडाैं : चिकित्सा शिक्षा एेन संशोधन गरि मेडिकल माफियालार्इ कलेज खोल्न अनुमति दिन लागेको विरोधमा जुम्लामा अामरण अनसनरत हाडजोर्नी विशेषज्ञ डा. गाेविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ ।

रगतमा चिनी र म्याग्नेसियमको मात्रा घट्दै गएकाले केसीको मुटुको चाल अस्थिर बनेको छ । चिकित्सकहरूले केसीले अनसनलार्इ निरन्तरता दिए हृदयति बन्द भर्इ मृत्यु हुन सक्ने बताएका छन् । चिनीको मात्रा कम भएपछि केसीलार्इ ग्लुकोज दिन खोजेपनि उनले त्यसलार्इ अस्वीकार गरेका छन् ।

३ करोड नेपालीको स्वास्थ्यको जिम्मा सरकारले नलिएसम्म र नागरिकहितका लागि अाफुले राखेका माग कार्यान्वयन नभएसम्म अाफु अामरण अनशनमा बसिरहने केसीले बताएका छन् । कर्णालीका जनताले कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानबाटै स्वास्थ्य सेवा लिर्इरहेकाले अाफुलार्इ थप उपचारका नाममा काठमाडाैं नलैजान पनि केसीले अाग्रह गरेका छन् ।

केसीको उपचारका लागि बसेका चिकित्सकहरूले निरन्तरको अनसनले केसीको हृदयगति बन्द हुनुका साथै मष्तिष्कघात हुने खतरा समेत अाैंल्याएका छन् । साथै, निमोनियाको खतरा पनि उच्च रहेकाले केसीको अनसन नतोडिए जतिसुकै बेला समस्या हुने उनीहरूहरूले बताएका छन् ।

केसी १० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसनरत छन् । तत्काल हेलिकोप्टरबाट एअरलिफ्ट गरि केसीलार्इ थप उपचारका लागि काठमाडाैं लैजानुपर्ने चिकित्सकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?