मिर्मिरे लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

काठमाडाैं : मिर्मिरे लघुवित्त विकास बैंकले शेयर बेच्न चाहने संस्थापक शेयरधनीको शेयर बेच्न ३५ दिनको समय तोकेको छ । संस्थापकले बेच्न लागेको शेयरको संख्याबारे भने केही उल्लेख छैन ।

संस्थापक शेयरमा अन्य संस्थापक शेयरधनीले नै प्राथमिकता पाउने हुनाले ३५ दिनभित्र शेयर अावदेन दिन लघुवित्तले अाफ्ना संस्थापकहरूलार्इ अाग्रह गरेको छ । 

अावश्यक कागजातसहित खरिद गर्न चाहेको शेयरको कित्ता खुलाएर संस्थापक शेयरधनीले शेयर खरिदका लागि अावेदन दिन सक्ने मिर्मिरेले जनाएको छ । 

शेयर खरिदका लागि लघुवित्तको केन्द्रीय कार्यालय बनेपामा अावेदन दिनुपर्ने र ३५ दिनभित्र अावश्यक अावेदन नपरे अन्य व्यक्ति वा संस्थालार्इ शेयर बिक्री गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?