एजेन्सी :अमेरिका र चीनबीचको व्यापार युद्धमा अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले ५ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा महशुल थपेर फाइदा लिन खोेजेको देखिएको छ ।
चीनले अमेरिकी आयात १ खर्ब ३० अर्ब अमेरिकी डलरमा मात्र थपेकोले यो देखिएको हो ।
तर चीनले अमेरिकालाई बढी आर्थिक हानि दिनसक्ने देखिएको छ ।
चीनले अमेरिकालाई दुख दिन खोजे धेरै दुखाई दिन सक्नेछ ।
चिनियाँ वाणिज्य मन्त्रालयले यस्तो चेतावनी दिएको छ ।
मन्त्रालयले अमेरिकाबाट आएका गाडी कम्पनी, खुद्रा बिक्रेता कम्पनी र उत्तर कोरियासँगको कुटनीतिक प्रयासलाई समेत हानि पु-याउन सक्ने चेतावनी दिएको छ ।
चीनलाई पनि यसले हानि हुने भएपनि अमेरिकासँगको व्यापारि युद्धलाई लम्ब्याउन चीनले अस्थायीरूपमा यस्तो गर्न सक्ने देखिएको छ ।
चीनले आर्थिक गतिविधिलाई नियमन गर्ने अधिकारीहरूलाई चीनमा रहेका कम्पनीहरूलाई इजाजत पत्र दिन रोक लगाउनु वा कर थोपर्नु वा उनीहरूको कम्पनीका बारेमा छानबिन र अनुसन्धान कार्य
अगाडि बढाउन जस्ता निर्देश दिए समस्या उत्पन्न गराउन सक्छ ।
यस्ता कम्पनीहरूको आमदानी अमेरिकी अर्थतन्त्रको ठूलो आधार मानिएको छ ।
डिबीएस ग्रुपका प्रमुख अर्थशास्त्री तैमुर बेगले भने “ अमेरिकाले वस्तुलाई ध्यान दिएको छ भने चीनले अमेरिकी कम्पनीहरूको परिचालनसम्बन्धी सबै सेवाहरूमा समस्या उत्पन्न गर्न सक्छ ।”
यसको ज्वलन्त उदाहारण अमेरिकी चीप बनाउने कम्पनी क्वालकमलाई एनएक्सपी सेमिकन्डक्टर कम्पनी खरिद गर्ने ४४ अर्ब बराबरको प्रस्तावमा अनुमित दिन अल्झाइएको छ ।
गत वर्ष दक्षिण कोरियाली खुद्रा कम्पनी लोट्टेलाई चीनले ध्वस्त ग-यो ।
बेइजिंगले लोट्टेका ९९ सुपरमार्केट र अन्य पसहरूलाई बन्द ग¥यो । पछि लोट्टेले चिनियाँ सञ्चालकलाई कम्पनी बेचेर गयो ।
राष्ट्रवादी दृष्टिकोणले हेर्दा अमेरिकी सरकारको १.२ ट्रिलियन ऋणको भार चीनले वहन गरिरहेको छ ।
बेइजिंगले अमेरिकाका सहयोग देशहरूलाई पेरिस जलवायु सन्धीबाट अमेरिका हटेको विषयमा कुटनीतिक पहलले अमेरिकालाई कमजोर बनाउन सक्छ ।
चीनले इयु,क्यानाडा, जापान र अन्य देशमा अमेरिकालाई प्रहार गर्न सक्छ ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन
वासिङ्टन । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ...
फागुन ८, २०७५ | बुधबारसुडानका राष्ट्रपतिद्वारा मुलुकमा संकटकाल घोषणा
एजेन्सी । सुडानका राष्ट्रपति ओमार अल बासिरले मुलुकमा संकटकाल घोषणा गर्दै संघ र प्रदेश सरकार विघटन गरेक...
फागुन ११, २०७५ | शनिबारउत्तर कोरियामा खाद्य संकट
एजेन्सी । उत्तर कोरियामा खाद्य संकट देखा परेको छ । तापक्रम वृद्धि, खडेरी, बाढी तथा संयुक्त राष्ट्रसंघको प्...
फागुन १०, २०७५ | शुक्रबारअल्बानियामा बंकर बनाउनुको यस्तो छ रहस्य ?
—सिर्जना मिश्र एजेन्सी । अल्वानिया, १४ वर्षसम्म शीत युद्ध चलेको राष्ट्र । यो राष्ट्रमा सन् १९७५ देखि १...
फागुन १०, २०७५ | शुक्रबारसवारी दुर्घटनामा १९ जनाको मृत्यु
तान्जिनिया- सवारी दुर्घटनामा परी तान्जिनियामा बिहीबार राति कम्तिमा १९ जनाको मृत्यु भएको छ । सीमा क्ष...
फागुन १०, २०७५ | शुक्रबार