विश्वकपका नाममा बाजी खेलाउने ३ जना पक्राउ

काठमाडौं : रसियामा जारी विश्वकपका नाममा चिट्ठा खेलाउने ३ जनालार्इ नेपाल प्रहरीले काठमाडाैंको ज्याठाबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले मनाङको निसाङ गाउँपालिका-७ का मुखिया लामा, सुवास गुरूङ र मुखिया गुरूङलार्इ नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि सार्वजनिक अपराध मुद्दा लगाएर अनुसन्धान भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?