समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिम सित्तैमा

लोकपथ
49
Shares

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिमसँगै ५० रुपैयाँको ब्यालेन्ससहित आकर्षक स्किम ल्याएको छ ।

फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाउनेछन । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाए ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?