यस्तो बनेर आयो ‘नाईं नभन्नू ल ५’ को ट्रेलर (भिडियो)

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रतीक्षित भनिएको यो फिल्मलाई काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक विकास आचार्यले अघिल्ला सिरिजलाई झैँ यो सिरिजलाई पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै लेखक सामीप्यराज तिमल्सिनाले फिल्मलाई न्याय दिन खोजेको बताए । ‘यो पारिवारिक फिल्म हो, यसअघिका फिल्ममा जस्तै हामीले इमोसनल लभ स्टोरीलाई फिल्मको कथा बनाएका छौं’, उनले भने, ‘फिल्मको सिरिजलाई एघारौं सिरिजसम्म पु–याउने लक्ष्य छ ।’

आमाको भूमिकामा देखिएकी प्रियंका कार्की कार्यक्रममा वान पिस ड्रेसमा उपस्थित भएकी थिइन् ।

सोसियल ड्रामा र पारिवारिक कथामा निर्माण गरिएको फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की? केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, त्यस्तै बालकलाकारमा अनुभव रेग्मी र सेड्रिना शर्माले अभिनय गरेका छन् ।

यही फिल्मबाट अभिनेता अभिषेक नेपाल र बालकलाकारमा सेड्रिनाले डेब्यु गर्दैछन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने नकुल खड्का र अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

त्यस्तै फिल्मका निर्माता हरिबोल भण्डारी र गौरीराज जोशी रहेको फिल्म्मा सह–निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल छन् ।

सामिप्यराज तिमिल्सिना र विकास आचार्यले लेखेको फिल्म आगामी भदौ ८ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?