‘कहीँ कतै’ को ट्रेलरमा प्रेम, रोमान्स र पीडा (भिडियो)

काठमाडौं । यही साउन २५ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘कहीँ कतै’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

फिल्ममा दिलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी, सोनम बरफुङ्गपा, शिवानी गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलरमा रोमान्स र पीडा दुवैलाई व्यकत गरिएको छ । रिलिजअघि फिल्मकी नवअभिनेत्री शिवानी चर्चामा छिन् ।

रोमान्टिक लाग्ने फिल्मको ट्रेलरमा वियोगान्तका पल पनि समेटिएको छ । शिवानी र सोनमका लागि यो फिल्म डेब्यु फिल्म पनि हो ।

सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?