किन अमेरिका जाँदैछिन् अरुणा ?

 अरुणा कार्की, नेपाली फिल्म क्षेत्रकी अब्बल कलाकार ।

हालसम्म उनले साँघुरो, छक्का पञ्जा, ग्याङस्टर ब्लूज आदिजस्ता १०–१२ चलचित्रमा अभिनय गरिसकेकी  छिन् ।

तर उनलाई विशेष चर्चा दिलाउने फिल्म ‘कबडी’ हो ।

 

पर्दामा आफूभन्दा धेरै उमेरको चरित्र निभाउन कुनै आपत्ति छैन उनलाई तर भूमिका चाहिँ सबल हुन पर्छ भन्ने उनको मान्यता छ ।  भन्छिन् ‘त्यसैले त हामी कलाकार । जे होइनौँ त्यही भएर प्रस्तुत हुनुपर्दछ ।’

जहिल्यै पाको रोलमा देखा पर्ने अरुणा, पर्दामा भन्दा निक्कै भर्खरकी देखिन्छिन्, रियल लाइफमा ।

उनले ‘साँघुरो’ मा आफू जत्रै व्यक्तिको आमाको भूमिका निर्वाह गरेर ‘बेस्ट क्यारेक्टर’ अवार्ड समेत पाएकी थिइन् । 

पर्दामा आफूभन्दा धेरै उमेरको चरित्र निभाउन कुनै आपत्ति छैन उनलाई तर भूमिका चाहिँ सबल हुन पर्छ भन्ने उनको मान्यता छ । 

भन्छिन् ‘त्यसैले त हामी कलाकार । जे होइनौँ त्यही भएर प्रस्तुत हुनुपर्दछ ।’

उनी उज्याली छिन् । हाँसिरहने । तर उनलाई प्रायजसो छुच्ची र कडा रोलको लागि अफर आउने गर्छ । 

दुर्भाग्य या गुड लक ? 

थोरै मुस्कुराउँदै उनी भन्छिन्, ‘केही राम्रा मुभिमा एकै खालको रोल गर्ने बित्तिकै सबैले त्यस्तै भूमिकामा हेर्न रुचाउँदा रहेछन् । निर्देशकहरु पनि आफ्नो मुभिमा छुच्चो पात्र छ भने सुरुमै मलाई नै सम्झिन्छन् अहिले त ।’

कबडी, छक्कापञ्जा जस्ता सुपर हिट फिल्ममा छुच्चो रोल निभाएदेखि दर्शकले उनलाई त्यस्तै अवतारमा हेर्न रुचाएका हुन् । 

तर उनलाई भने विभिन्न भूमिकामा अभिनय गर्ने मन छ ।

‘सधैं एउटै प्रकारको अभिनय गर्दा पट्यार लाग्छ, मलाई पनि दर्शकलाई पनि । रियल लाइफमा पनि अरुणा यस्तै कडा छे भन्ने सोच्नुहुन्छ धेरैले त ।’ हाँस्दै उनले थपिन् ।

७ वर्षको हुँदादेखि नाटक खेल्न थालेकी अरुणाले थिएटरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । 

उमेरमा झनै राम्री अरुणाको पछि लाग्ने कम थिएनन् । रङ्गमञ्चको कार्यक्रम लिएर धेरै ठाउँ हिँडिरहनु पर्ने । जहाँ गयो त्यहीँ मन पराउने मान्छे भेटिने । कतिले फोन गरेर दिक्क लगाउँथे अनि कतिले त विवाहको लागि प्रस्ताव पनि राख्थे । पटकपटक ।  

उमेरमा झनै राम्री अरुणाको पछि लाग्ने कम थिएनन् । रङ्गमञ्चको कार्यक्रम लिएर धेरै ठाउँ हिँडिरहनु पर्ने । जहाँ गयो त्यहीँ मन पराउने मान्छे भेटिने ।

कतिले फोन गरेर दिक्क लगाउँथे अनि कतिले त विवाहको लागि प्रस्ताव पनि राख्थे । पटकपटक ।  

धेरैले उनको सुन्दरता र अभिनय कुशलतालाई मध्यनजर गर्दै चलचित्र क्षेत्रमा प्रवेश गर्ने सल्लाह नदिएका होइनन् तर ‘हिरोइन’ हुने ईच्छा उनमा कहिल्यै जागेन । 

किन ? 

‘त्यो बेला रङ्गमञ्चमा काम गर्न पाउनु भनेकै ठूलो कुरा थियो छोरी मान्छेको लागि । त्यसैले जति थियो त्यसैमा खुसी थिएँ । चलचित्रमा आउने रहर नै गरिन ।’ उनले बताइन् ।

तर वर्तमान समयमा अधिकांश रङ्गमञ्चकर्मी चलचित्र क्षेत्रप्रति आकर्षित भएको पाइन्छ । वा भनौँ नेपाली फिल्म इन्डस्ट्रीमा रङ्गमञ्चबाटै आएका हिरोहिरोइन वा कलाकारको बाहुल्यता देखिन्छ ।

रङ्गमञ्चभन्दा चलचित्रमा छिटो नाम र दाम दुवै कमाइने भएकाले यो ट्रेन्ड बढेको हो भन्ने धारणा अरुणाको छ ।

भन्छिन् ‘सबैलाई छिट्टो नाम कमाउनु छ साथै दाम पनि । मैले २०–२५ वटा नाटक खेलेर भन्दा १०–१२ वटा फिल्म खेलेर बेसी कमाएँ ।’

अहिलेको अवस्थालाई हेर्दा नेपाली चलचित्र क्षेत्रमा रङ्गमञ्चकर्मीहरु साँच्चै नै हावी भएको देखिन्छ ।

उनीहरुकै कारण केही हदसम्म नेपाली चलचित्रको स्तरोन्नति भएको हो भन्ने समालोचना पनि हुने गरेको छ । 

तर अझै पनि स्क्रिप्ट अध्ययन गरेर मात्र फिल्म छनोट गर्ने वातावरण बनेको छैन । एक त पर्याप्त स्क्रिप्ट नै छैन र भएकोमा पनि उही पुरानै कथावस्तु पाइन्छ

तर अझै पनि स्क्रिप्ट अध्ययन गरेर मात्र फिल्म छनोट गर्ने वातावरण बनेको छैन । एक त पर्याप्त स्क्रिप्ट नै छैन र भएकोमा पनि उही पुरानै कथावस्तु पाइन्छ ।

आफ्नो लागि आउने स्क्रिप्टमा केही फरकपन नै नहुने अरुणाको गुनासो छ । त्यसैले आफ्नो अग्रज कलाकारहरुले फिल्मका बारेमा सकारात्मक प्रतिक्रिया दिएमा फिल्म लिने गरेको उनले बताइन् । 

अरुणालाई नेपाली चलचित्र क्षेत्रमा महिलाहरु निर्देशन, लेखन जस्ता सिर्जनशील कार्यहरुमा भन्दा पर्दामा देखिने काममा बेसी अग्रसर भएको जस्तो लाग्छ ।  

त्यसैले उनी छिट्टै नै थिएटर निर्देशनको अध्ययनका लागि अमेरिका जाने सोचमा छिन् । 

‘आखिर यहीँ बसे पनि मैले पाउने भनेको आमाकै रोल मात्र हो । बरु उता गएर २ वर्ष अध्ययन गर्छु अनि फर्कौंला फेरि ।’ मज्जाले हाँसिन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?