यस्तो छ संसारको सबैभन्दा पुरानो रंग

अस्ट्रेलिया – वैज्ञानिकले भू–गर्भीय रेकर्डमा ज्ञात संसारको सबैभन्दा पुरानो रंगको खोजी गरेका छन् । करीब १.१ अरब साल पुरानो समयको भनिएको रंगलाई अफ्रिकाको सहारा मरुभूमिको गहिरो चट्टानमा पाइएको बताइएको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका नूर गुएनेलीले बताए अनुसार रंग पश्चिमी अफ्रिकाको मरिटानिया छेउ समुद्री कालो पत्थरमा भेटिएको छ । जो यसअघि खोजिएको रंगभन्दा पनि पुरानो भनिएको छ ।

नूरले भनेका छन्, यो चट्टान गुलाबी रंगवर्णको छ । जसको उत्पादन समुद्रमा रहने प्राचीन प्रकाश संश्लेषक जीवले गरेका हुन् । अहिले भने ती जीव अस्तित्वमा छैनन् ।

पीएनएएस पत्रिकाका अनुसार उक्त रंग गहिरो रातो रंगदेखि लिएर बैजनी रंगसम्म थियो । उक्त रंगमा तरल पदार्थ मिलाएपछि त्यसको रंग गुलाबी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?