‘आरआरआर’ रिलिजपछि निर्देशक राजामौलीसँग किन रिसाइन् आलिया भट्ट ?

लोकपथ
511
Shares

काठमाडाैं । चलचित्र ‘आरआरआर’बाट दक्षिण भारतीय फिल्ममा डेब्यु गरेकी बलिउड अभिनेत्री आलिया भट्ट चलचित्र रिलिज भएपछि निर्देशकसँग असन्तुष्ट भएकी छिन्। चलचित्र प्रदर्शन भएर राम्रो व्यापार गरिरहेको बेला उनी असन्तुष्ट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चलचित्र रिलिजपछि निर्देशक एसएस राजामौली र आलियाबीच मनमुटाव सुरू भएको हो ।

चलचित्र रिलिज हुनुभन्दा अगाडि आलियाले फिल्मको प्रचारमा धेरै समय खर्चिएकी थिइन्। तर छोटो भूमिका पाएकी आलिया फिल्मबाट आफ्नो केही दृश्य काटिएपछि निर्देशक राजामौलीसँग रिसाएकी अमर उजालाले जनाएको छ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आरआरआरको प्रचार सामग्री समेत हटाएकी छिन्। २६ मार्च, २०२१ मा अभिनेता रामचरणको राम अवतारमा प्रस्तुत भएको पोस्टरपछि उनले सबै पोस्ट डिलिट गरेकी छन्।

आलियाले चलचित्रमा ‘सीता’को भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा २० मिनेटभन्दा कम समयको भूमिकामा देखिएपछि उनका धेरै फ्यानहरुमा निराशा छाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ।

तर आलियाले यो चलचित्रमा यो छोटो भूमिकाका लागि पनि सिंगै फिल्म खेलेबराबरको पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिएको बताइएको छ।

‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासँगै जुनियर एनटीआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ।

गत शुक्रबारबाट प्रदर्शन भइरहेको फिल्मले पाँच दिनमा नै ५ सय ६५ करोड भारू कमाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?