काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यही चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सुभाष अमात्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।
नवनियुक्त अध्यक्षले अमात्यले सोही दिन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।
यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले यही चैत १६ गतेदेखि नै लागु हुनेगरी व्यक्तिगत कारणले राजिनामा दिएका हुन् ।
२०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको कम्पनीले देशभरका एक सयवटा शाखा-उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया