मनमोहन स्मृति कराते हुने

काठमाडौं। शनिबारदेखि काठमाडौंमा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता हुने भएको छ । 

नेपाल सितोरियो कराते डो संघ घण्टाघरको आयोजनामा शनिबारबाट प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् ।

पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?