ग्लोबल इनोभेशन इन्डेक्समा चीन र भारत उक्लिदै

एजेन्सी : ८० सूचकहरूका आधारमा तयार गरिएको  १२६ अर्थतन्त्रहरूको क्रमांक सूची ग्लोबल इनोभेशन इन्डेक्समा भारत र चीन दुबै शीर्ष तर्फ उक्लिदै गएको देखिएको छ ।

भारतले गत वर्षको तुलनामा ३ खुड्किलो माथि उक्लिएको हो भने चीनले ५ खुड्किलो माथि उक्लेको हो ।

सन् २०१७मा चीनको स्थान २२औं थियो भने यो वर्ष १७ मा पुगेको छ । भारतको स्थान ६०औं थियो भने अब ५७औ स्थानमा उक्लिएको हो ।

भारतले यो विभिन्न इन्डिकेटरहरूमा सुधार गर्दै तीव्र गतिमा माथि उक्लिरहेको देखिएको छ । सन् २०१५मा भारतको स्थन ८१औं थियो ।

ग्लोबल इनोभेशन इन्डेक्सको विकास पेरिसस्थित कारनेल युनिभिर्सिटी र वल्र्ड इन्टेलेक्च्युल प्रोपर्टी अर्गनाइजेशन जेनेभाले संयुक्तरूपमा गरेका छन् ।

यो जीआईआईको ११ औं संस्करण हो । यसको नतिजाले विश्वभरका नीति निर्माताहरूलाई नीति बनाउन सहयोग पु-याउँछ ।

भारतको सन्दर्भमा वल्र्ड इन्टेलेक्च्युअल प्रोपर्टी अर्गनाइजेशनका महानिर्देशक फ्रान्सि गरीले राम्रो सुधार भएको बताएका छन् ।

साथै उनले भारतको यो सुधार निरन्तर रहने अपेक्षा गरेका छन् ।

भारतको भूमिका न्यूनतर मध्य आय समूहमा भारत सबै भन्दा राम्रो प्रदर्शन  गर्नेहरूमा परेको छ ।

त्यो समूहमा भारत पाँचौं स्थानमा छ । केन्द्रीय र दक्षिण एसियाली देशमा न्यूनतर र अधिकतर मध्य आय संयुक्त समूहमा चीन पछि भारतले स्थान ओगटेको छ ।

एसियाली देशहरूले गत पाँच वर्षमा तीव्रगतिमा सुधार गरिरहेको पाइएको छ । जापान शीर्षस्थानमा छ । पाँचको यो समूहमा चीन अर्को देश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?