व्यापार युद्धमा चीन विरूद्ध अमेरिकाको अर्को प्रहार

एजेन्सी : विश्वको दुई ठूला अर्थतन्त्र भएको अमेरिका र चीनबीच शुरू भएको व्यापार युद्धमा अमेरिकाले अर्को  प्रहार गरेको छ ।

अमेरिकाले चीनसँग व्यापार युद्धलाई चर्काउँदै २ खर्ब अमेरिकी डलर बराबरको वस्तुहरूमा थप महशुल लगाउन अर्को सूची तयार गरिरहेको छ ।

यी सूचीहरूमा उल्लेख गरिएका वस्तुहरूमा महशूल सेप्टेम्बरबाट थपिने गरी अमेरिकाले योजना बनाएको छ ।

अमेरिकाको यो कदम दुई देशले एक अर्काको ३४ अर्ब अमेरिकी डलर बराबरको वस्तुहरू महशुल थप्ने निर्णय गरेको केही दिन पछि सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू जस्तै महशुल बढाएर व्यापार युद्ध चर्काउन खोजे चिनियाँ सामानमा थप महशुल थप्ने चेतावनी दिएका थिए ।

महशूल थपिने ६हजार भन्दा बढी वस्तुहरूको सूचीमा खानेकुरा, खनिज र ह्यान्डब्याग जस्ता उपभोतmा वस्तुहरू रहेका छन् ।

दुई देशबीचको व्यापार युद्धका कारण एसियाको स्टक बजार ओरालो लागेको छ ।

चीनको हंककंगस्थित हांगसेंग इन्डेक्स २ प्रतिशतले तल झ-यो । संघाई कम्पोजिट इन्डेक्स १.८ प्रतिशतले ओरालियो भने जापानको बेन्चमार्क निक्की २२५ इन्डेक्स १.७ प्रतिशतले ताछियो ।

चीनले अमेरिकी वस्तुमा लगाएको थप महशुलबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गलत भएको दाबी गरेको छ ।

ह्वाउट हाउसले भनेको छ“ चीनको महशुल थप्ने व्यवहार अन्यायपूर्ण व्यापारको अभ्यास हो ।”

अमेरिकाको व्यापार प्रतिनिधि रोबर्ट लिगथिजरले चीनको प्रत्याक्रमण न्यायिक नभएको बताए ।

३४ अर्ब बराबरको वस्तुमा थप महशुल शुरू गर्ने काम शुक्रबारबाट लागु भयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?