फेसबुकलाई ५लाख पाउन्ड जरिवाना

एजेन्सी: बेलायतको डेटा संरक्षण निगरानी गर्ने निकायले फेसबुकले डेटा नियम उल्लंघन गरेको अभियोगमा ५ लाख पाउन्डस्टर्लिंग जरिवाना तोेक्ने भएको छ ।

सो कार्यालयको सूचना आयुक्तको कार्यालयले अर्को कम्पनीलाई सुनिश्चित गर्न असफल भएको जनायो ।

फेसबुकले उपभोक्ताको डेटा डिलिट गरिदिएको जनाएको छ ।

क्याम्ब्रिज एनलाइटिकाको डेटा डिलिट गरिदिएको जनाइएको छ ।

सूचना आयुक्तको कार्यालयले निसक्रिय रहेको क्याम्ब्रिज एनलाइटिको माउ कम्पनी एससीएल इलेक्शन विरूद्ध पनि फौजदारी अभियोग लगाउने भएको छ ।

साथै यो कार्यालयले डेटा व्यवसायीहरूबाट राजनीतिक दलहरूले नीजी सूचना खरिद गरिरहेको विषयप्रति चिन्ता जाहेर गरेको छ ।

फेसबुकले यसबारे सक्दो छ्टिटो जवाफ फर्काउने जनयो ।

कार्यालयले फेसबुक आफैले बनाएको नियम उल्लंघन गरेको पाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?