मिर्मिरे लघुवित्तको १००% हकप्रद अावेदन खुल्यो

काठमाडाैं : मिर्मिरे मार्इक्रोफार्इनान्सले अाफ्ना शेयरधनीका लागि छुट्याएको १००% हकप्रद शेयर अावेदन अाजदेखि खुलाएको छ । साउनको २९ गतेसम्म हकप्रद भर्न सकिने बिक्री प्रबन्धक एनअार्इबीएल एस क्यापिटल लाजिम्पाटले जानकारी दिएको छ ।

१ सय रूपैयाँ दरको कूल ४ लाख ५० हिजार कित्ता हकप्रद भर्न जेठ १७ गतेभित्र मिर्मिरेको शेयरधनी कायम भएको हुनुपर्ने कम्पनीले जनाएको छ। धितोपत्र बोर्डबाट अास्वा सेवा सञ्चालन अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सकिने मिर्मिरेले जानकारी दिएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट हकप्रद अावेदन दिन सक्ने जनार्इएको छ । बिक्री प्रबन्धकका अनसार मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि शेयरधनीले हकप्रद भर्न पाउनेछन् ।
 
हाल ४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मिर्मिरेको हकप्रद बिक्रीपछि यसको अाकार ९ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?