एजेन्सी : हामी कहाँ मासिक दुई चार लाख रुपियाँ कमाउनेलाई धनी र सम्पन्न मान्ने चलन छ ।
तर दुनियाँमा यस्तो शहर छ त्यहाँ सबा करोड बढी आमदानी गर्ने पनि गरिब मानिन्छन् ।
अमेरिकाको सनफ्रान्सिस्को शहरमा सबा करोड रुपियाँ बढी कमाउनेलाई गरिब मानिन्छ ।
अमेरिकाको आवासीय र शहरी विकास विभागको नयाँ प्रतिवेदनले यस्तो संकेत गरेको छ ।
चार जना सदस्य भएको परिवारमा सबा करोड कमाइ भए त्यो परिवार कम तलव पाउने परिवार मानिनेछ ।
यदि कुनै परिवारले ८० लाख रुपियाँ कमाउँछ भने त्यो गरिब परिवार मानिनेछ ।
अन्य शहरको तुलनामा यो शहरमा यो मापदण्ड तय गरिएको पाइएको छ ।
ब्रुकिंग इन्स्टिच्युटको वेबसाइट द ह्यामिल्टन परियोजनाको एक सर्वेक्षण अनुसार अमेरिकामा कमाइमा ठूलो अन्तर छ ।
अमेरिकामा दुई तिहाई परिवार सनफ्रान्सिस्कोको १ करोड कमाउने गरिब परिवार भन्दा कम कमाउँछन् ।
अमेरिकामा चार सदस्य भएको परिवारको औसत कमाई ९९ लाख बढी छ ।चार बढी सदस्य भएको परिवारको औसत कमाई ६५ लाख बढी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया