अठ्ठाइस र बीस वर्षपछि सेमिफाइनल पुगेका इंग्ल्याण्ड र क्रोएसिया, यस्तो छ प्रिभ्यु

रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजराति हुने अन्तिम सेमिफाइनल खेलमा ‘थ्री लाइन्स’ इंग्ल्याण्डले क्रोएसियाको सामना गर्दैछ ।

 यि दुई टिमविचको खेल लुज्निस्की स्टेडियममा नेपाली समयअनुसार आज राति पौने १२ बजेपछि शुरु हुँदैछ । यस अघि सम्पन्न भएको क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डले स्वीडेनलाई २—० गोल अन्तरले पाखा लगाउदै २८ वर्ष पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

सन् १९९० को विश्वकपको अन्तिम चारमा पुगेयता इंग्ल्याण्डले खासै राम्रो नतिजा निकाल्न सकेको छैन । 

इंग्लिस प्रिमियर लिग विश्वकै सर्वाधिक लोकप्रिय फुटबल भएपनि विश्वकप इतिहासमा इंग्ल्याण्डले खासै गतिलो प्रर्दशन गर्न सकेको छैन । त्यसैले इंंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको थिएन ।

तर, ग्यारेथ साउथगेटको युवा टिमले भरिएको खेलाडीले अप्रत्यासित नतिजा निकाल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । इंग्ल्याण्डले ती सबै अनुमानलाई गलत सावित गर्दै ५२ वर्षपछि विश्वकपको फाइनल यात्रा पक्का गर्ने संघारमा आइपुगेको छ ।

सन् १९६६ मा घरेलु मैदानमा भएको फाइनलमा जर्मनीलाई ४—२ गोलले पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जित्दै इतिहास रचेको थियो । जारी विश्वकपमा सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले क्रोएसियाविरुद्ध पनि उत्कृष्ट प्रर्दशन गर्ने बताइएको छ ।

अग्रपंक्तिमा इंग्ल्यान्डका हतियार ह्यारी नै हुन् । प्रशिक्षक साउथगेटले निरन्तर पहिलो रोजाइमा अवसर दिइरहेका रहिम स्टर्लिङले गोलको खाता खोल्न नसके पनि विपक्षी डिफेन्सलाई दबावमा राख्ने गरेका छन् । एस्ले योङग, जोर्डन हेन्डर्सन र ग्यारी काहिलले पनि खेल अबधिभर क्रोएसियालाई दबावमा राख्ने प्रयास हुनेछ । 

यता, २० पछि पहिलो पटक सेमिफाइनलमा पुगेको क्रोएसिया इंग्ल्याण्डलाई पराजित गर्दै स्वर्णिम इतिहासमा अक्षरले नाम लेख्ने तयारीमा रहेको छ ।

सन् १९९८ मा भएको अन्तिम चारको खेलमा क्रोएसिया फ्रान्ससँग २—१ गोलले पराजित भएयता पहिलो पटक सेमिफाइनलमा भिड्न लागेको हो । त्यतिबेला लिलियम थुरामको दुर्लभ दुई गोलको सहयोगमा आयोजक फ्रान्सले अन्तिम चारमा क्रोएसियालाई हराएको थियो ।

इंग्ल्याण्ड र क्रोएसिया अहिलेसम्म ८ पटकमात्र आमने—सामने भएको छ । जसमा इंग्ल्याण्डले ४ मा जित, २ मा बराबरी र २ मा हार बेहोर्रेको छ ।

पछिल्लो पटक जुलाईमा भएको भेटमा भने दुवै टिमले गोल रहित बराबरी खेलेको थियो । सन् २००४ मा भएको युरोपियन च्याम्पियनसिपको समूह चरणमा इंग्ल्यान्ड र क्रोएसिया भिडेका थिए ।

त्यतिबेला इंग्ल्याण्डले क्रोएसियालाई ४—२ गोल अन्तरले हराएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?