इंग्ल्याण्ड। अमेरिकी सेरेना विलियम्स जारी विल्वल्डन टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
मंगलबारराति सम्पन्न भएको महिला एकलतर्फको खेलमा पूर्व विश्व नम्बर एक सेरेनाले इटालीकी कामिला गिवर्गीलाई दुई—एकको निक्कै प्रतिस्पर्धात्मक सेटमा हराउँदै अन्तिम चारमा पुगेकी हुन् । २३ पटककी ग्राण्डस्लाम विजेता सेरनाले खेलको पहिलो सेट ३—६ ले गुमाएकी थिइन ।
खेलमा उत्कृष्ट कम्ब्याक गर्दै सेरेनाले दोस्रो सेटमा ६—३ र अन्तिम सेट ६—४ ले आफनो पक्षमा पार्दै अघिल्लो चरणको यात्रा तय गरेकी हुन ।
अब फाइनल प्रवेशको लागि सेरेनाले १३ औ वरियताकी जुलिया गोर्गेसको सामना गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया