गोल्डेनबुटको दौडः सर्वाधिक गोल गर्ने खेलाडी को?

रसिया। जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको आज रातिको खेल पश्चात् सेमिफाइनल संस्करण समाप्त हुनेछ । 

आज राति हुने अन्तिम सेमिफाइनल खेलमा इंग्ल्याण्डले क्रोएसियासँग भिड्दैछ । अहिलेसम्म बेल्जियमले सर्वाधिक १३ गोल गदै अग्रपंक्तिमा छ भने समान ११ गोल गरेका इंग्ल्याण्ड र आयोजक राष्ट्र रसिया दोस्रो स्थानमा छन् ।

त्यस्तै, ९ गोल गरेका क्रोएसिया तेस्रो स्थानमा छ । फ्रान्सले ८, ब्राजिलले ८, उरुग्वेले ६, स्पेनले ६, कोलम्बियाले ६ र स्वीडेनले ५ गोल गरेका छन । 

यता इंग्ल्याण्डका कप्तान ह्यारी केन विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुटमाद दौडको अग्र स्थानमा छन् । उनले ५ खेलमा ६ गोल गरेका छन् । ५ गोल गरेका फ्रान्सका एन्टोनी ग्रिजमेन र फ्रान्सकै केलियन एम्बाप्पेले ५ गोल नै गरेका छन् ।

विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिसकेको बेल्जियमका रोमेलु लुकालुले ४ गोल, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४, रसियाका डेनिस चेरिसेभले ४ तथा रसियाका अर्टेम डिज्युबाले ४ गोल गरेका छन् । 

स्पेनका डिएगो कोस्टा र उरुग्वेका एन्डिसन कवानीले समान ४ गोल तथा  कोलम्बियाका येरी मिनाले ३ गोल गर्न सफल भएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?