विश्वकप हेर्दा जुरेको जोडीले मेस्सी र रोनाल्डोका कारण चौध वर्षपछि गरे ‘डिभोर्स’

रसिया। हरेक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताले मानिसहरुलाई तिनका प्रिय खेलाडी र टिमको समर्थनमा एकजुट गराउने विश्वास गरिन्छ । 

तर २०१८ को विश्वकप भने एक रुसी जोडिले सम्बन्ध विच्छेद गर्नुको कारण बन्यो ।

४० वर्षे आर्सन र ३७ वर्षकी उनकी श्रीमती लुड्मीला दुबै फुटबलका ठूला प्रशंसक हुन् । उनीहरुको भेट नै फुटबल विश्वकपको क्रममा भएको थियो । सन् २००२ को विश्वकपमा चेल्याविन्स्क स्पोर्ट बारमा उनीहरुको भेट भएको थियो । 

उनीहरुलाई फुटबलप्रतिको साझा आसक्तिले जोड्यो । मस्कोका दुई प्रतिद्धन्दी फुटबल क्लबहरुः स्पार्टक मस्को र सीएसकेए मस्कोका समर्थक हुनुले पनि उनीहरुलाई आफ्नो सम्बन्ध विवाहमा परिणत गर्नबाट रोक्न सकेन । 

तर अघिल्लो हप्ता उनीहरुको १४ वर्षे लामो विवाह आधुनिक फुटबल इतिहासको सबैभन्दा ठूला प्रतिद्धन्दीहरु लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई लिएर भएको विवादले टुट्यो ।

आर्सेनका अनुसार उनी र उनकी श्रीमतीले यस अघि पनि एकअर्कालाई रोनाल्डो र मेस्सीको कुरामा उडाउने गर्थे । तर यो विश्वकपमा भने त्यसरी जिस्काउनु भारी पर्यो ।

जारी विश्वकपमा अर्जेन्टिनाको खराब प्रर्दशनपछि लुड्मीलाले आर्सेनसँग मेस्सीको प्रदर्शन खराब भएको भन्दै मेस्सीको मजाक उडाउन थालिन । तर आर्सेनले भने सधै बेवास्ता गरिरहे । 

तथापी नाइजेरियाविरुद्धको अर्जेन्टिनाको खेलका क्रममा भने आर्सेनले आफ्नो रिस दबाउन सकेनन् ।

उक्त खेलमा मेस्सीले गरेको गोलमा खुसी मनाइरदाँ आर्सेनकी श्रीमतीले पुन उनको ‘आइडल’को मजाक उडाइन । त्यहि विषयलाई लिएर अनिहरुविच विबाद भयो र अन्तत उनिहरुले सम्बन्ध विच्छेदको बाटो रोजेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?