राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्यो, बैंकले लिने /दिने ब्याजदरको अन्तर घट्यो ( फोटोफिचर)

नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर घटाएको छ ।

आर्थिक वर्ष २०७५ ७६ को मौद्रिक नीति सार्वजनिक गर्दै  ५ प्रतिशत रहेको स्प्रेड दर  ४.५ प्रतिशतमा झारिएको हो ।

बैंकहरुको नाफा उच्च भएको भन्दै यो दर घटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकलाई पटकपटक निर्देशन दिएको थियो । 

अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४।५ प्रतिशत मात्रै हुनेछ । २०७५ जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल  चुक्ता पुँजी २२७ अर्ब ८९ करोड पुगेको छ । ( फोटोफिचर) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?