रसिया। जारी २१ औं संस्करणको फिफा विश्वकपको रौनक विश्व ब्रह्माण्डभरि नै छाइरहँदा नेपाली राष्ट्रिय महिला टिमकी पूर्व कप्तान जमूना गुरुङ पनि अहिले रसियामा छिन् ।
उनले मंगलबारराति सम्पन्न फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल प्रत्यक्ष हेरेको बताएकी छिन् । पूर्व कप्तान जमूना सहित अखिल नेपाल महिला फुटबल संघका दुई पदाधिकारी सहित लुज्निस्की स्टेडियम पुगेका थिए ।
इतिहासमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम विश्वकपसम्म पुग्न सकेको छैन । सिधै भन्ने हो भने नेपालले तत्कालका लागि एसियनकप खेल्ने हैसियत समेत बनाउन सकेको छैन । नेपाली खेलकुद क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको फुटबलले अहिलेसम्म सोचे अनुरुप नतिजा निकाल्न सकेको छैन ।
तर पनि रसियाको विभिन्न स्टेडियममा रातो र चन्द्र सुर्य अकिंत नेपाली झण्डा फर्फराइरहेको छ । त्यहाँ कुनै सर्वसाधरण नेपाली व्यक्ति होस वा राष्ट्रिय खेलाडी ।
नेपालको एक सफल महिला खेलाडी पूर्व कप्तान जमूनाले लुज्निस्की स्टेडियममा नेपाली झण्डा फर्फराउँदै प्रत्यक्ष विश्वकपको मज्जा लिइन । नेपाली टिमका लागि महत्वपूर्ण २१ गोल गरेकी जमूना विश्वकप हेर्न रसिया गएकी हुन् ।
तस्वीर : गोल नेपाल
‘विश्वकप आउँदा सधै टेलिभिजनमा प्रत्यक्ष हेर्ने गरेकी थिए, फुटबल खेल्नै लागि जन्मेकी म विश्वकप पहिलो पटक मेरो आँखाले हेर्दा निकै मन फुरुङ्ग भयो । विश्वका चर्चित टिम फ्रान्स र बेल्जियमको खेल हेर्न पाउदा निकै खुशी छु।’ उनले भनिन् ।
सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेल खेलिरहेकी पूर्व कप्तान गुरुङले क्लबका लागि ३५ गोल गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया