इङ्ल्याण्ड स्तब्ध, क्रोएशिया यसरी पुग्यो पहिलो पटक फाइनलमा (फोटोफिचर)

काठमाडौं–इङ्ग्ल्याण्डलाई २–१ ले  हराउँदै क्रोएशिया पहिलो पटक  विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ  । मस्कोस्थित लुज्नुकी रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा क्रोएशिलाले ऐतिहासिक जित दर्ता गराएको हो ।
निकै रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डले पाचौं मिनेटमै गोल गर्दै अग्रता कायम गरेको थियो तर खेलको ६८ औं मिनेटमा क्रोएशियाले बराबरी गोल गर्न पुग्यो । त्यसपछि ९० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्र समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा क्रोएशियाका मारियोले गोल गरेसँगै इङग्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसअघि इङ्ग्ल्याण्डको लागि खेलको पाँचौं मिनेटमा ट्रिपियरले गोल गरेका थिए भने ६८ औं मिनेटमा क्रोएशिका इभानले बराबरी गोल फर्काएका थिए ।
अब आइतबार क्रोएशियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सन् १९९८ मा विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमीफाइनलसम्म पुगेको थियो । त्यसयता यो क्रोएशियाको एतिहासिक जित हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?