बाग्लुङमा माटोको ढिस्काले पुर्दा महिलाको मृत्यु

बागलुङ : माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।

अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जानकारी दिएको छ।

कुँवरसँगै माटो खन्न गएकी सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

घटनाबारे थाहा पाएपछि स्थानीयवासीले घार्इतेको उद्दार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?