काठमाडाैं : मनसुनी माैसम वदलीका कारण भर्इरहेको निरन्तरको बर्षाका कारण पहिरो खस्दा मुलुकका प्रमुख राजमार्ग अबरूद्द भएका छन् ।
अरनिको लोकमार्गको काभ्रे खण्ड, बनेपा-बर्दिबास (विपी लोकमार्ग) र मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डमा पहाड पहिरिँदा यातायात अवरूद्द भएको छ । हाल यी सवै राजमार्गमा यातायात अावागमन ठप्प भएको छ ।
बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाले बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा समेत डुबानमा परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
यस्तै, निरन्तरको वर्षाका कारण पहिरो खस्दा बिपी राजमार्गका ४ ठाउँमा सडक छेकिएको छ । सडक भासिएको र माथिबाट झरेको ढिस्काका कारण सडक पुरिएका काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा यातायात चलेका छैनन् ।
मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पनि निरन्तरको बर्षापछि खसेको पहिरोका कारण अवरूद्द भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जानकारी दिएको छ। पानीले चुरे पहाड कटान गरेर सडकमा माटो थुप्रिरहेको र पन्छाउने काम भर्इरहेको सडक विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया