काठमाडाैं : प्रधानमन्त्री के.पी. शर्मा अोलीले नेपालका लागि चिनियाँ राजदुत यु होङ्गलार्इ चितवन राष्ट्रिय निकुञ्जको गैंडा बुझाउने भएका छन् ।
गैंडा हेर्न नेपाल नअाए विदेशीको जीवन सफल नहुने बताउने गरेका अोलीले दुर्लभ एकसिंगे गैडाको जोडी चीन सरकारलार्इ उपहारस्वरूप हस्तान्तरण गर्न लागेका हुन् ।
अाज एक समारोहमा अोलीले एकसिंगे गैंडासँगै गैंडाको उत्पतीको प्रमाणपत्र, सार्इटिस निर्यात प्रमाणपत्र, पशु क्वारेन्टार्इन प्रमाणपत्र र स्वास्थ्य प्रमाणपत्र समेत हस्तान्तरण गर्नेछन् ।
नेपाली गैंडा लिन चीनबाट युनिटप एयरलार्इन्सको कार्गो विमान अाउनेछ । यही विमानमा गैंडाको जोडी राखि अाज बेलुकी नै चीनको गुअाङजाअो विमानस्थल पु-यार्इने तयारी छ।
वि.सं. २०७३ असार २६ गते नेपाल सरकारले चीनलार्इ २ जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भद्र र रूपसी नामाकरण गरिएका जोडी गैंडा चीनलार्इ अाज बुझाउन लागिएको हो । अागामी साउनमा अर्को जोडी गैंडा पनि चीनलार्इ दिर्इनेछ । अहिलेसम्म नेपालले विभिन्न मुलुकलार्इ उपहारस्वरूप २६ जोडी गैंडा दिर्इसकेको छ ।
'भद्र' र 'रूपसी' को स्याहार सुसारमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिज्ञ किरण रिजाल र वन्यजन्तु प्राविधिकहरू विनोद दरार्इ र दिप चाैधरी पनि चीन जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया