भक्तपुर : बुधबार रातभरि परेको अविरल बर्षाका कारण भक्तपुर मध्यपुर ठिमी क्षेत्र डुबानमा परेको छ । पानीको सतह जमिनबाट ४ फिटमाथिसम्म अार्इपुगेको छ ।
पुरै सहर बाढीले डुबाएपछि बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरी उद्दारका लागि भक्तपुर क्षेत्रमा परिचालन भएको छ । डुबानमा फसिरहेकाहरूलार्इ भित्रै पुगेर उद्दार गर्न नसकेपछि क्रेन र -याफ्टिङ बोटमार्फत उद्दार गरिएको छ ।
सुकुम्बासी बस्तीबाट डुबानमा फसेका बच्चाहरूलार्इ उद्दार गरि नेपाली सेनाले चिसोबाट जोगाउन काखमा च्यापेर राखेको छ । प्रहरीहरू सम्भव भएका डुबानग्रस्त क्षेत्रमा पाैडेरै उद्दारका लागि खटिर्इरहेका छन् ।
विकास र समृद्दिको चर्को नारा दिएर चुनाव जित्दै सरकार चलार्इरहेका प्रधानमन्त्री के.पी. शर्मा अोली र सत्ताधारी दल ने.क.पा. प्रति डुबानपीडित अाक्रोशित देखिएका छन् । प्रधानमन्त्रीलार्इ डुबानपीडितको बस्तीमा पानीजहाज चलाएर अाफ्नो सपना पुरा गर्न पीडितले व्यंग्य गरेका छन् ।
यी बस्ती डुबानमा छन् :
हनुमन्ते खोलामा अाएको बाढी बस्तीमा बस्दा भक्तपुरका जगानी र बाराही डुबानमा परेको छ। भूकम्पपीडितको शिविर पनि डुबेको छ । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।
बाढीकै कारण मध्यपुर ठिमीका कमेरेटार र राधेराधे जग्गा एकीकरण अायोजना क्षेत्रका पुरै बस्ती डुबेको छ । घर नै डुबेपछि स्थानीयबासी घरबाट बाहिर निस्कन नै समस्या भएको छ। व्यापार व्यवसाय ठप्प भएको छ।
मध्यपुर ठिमीस्थित अरनिको राजमार्गका दुवैतर्फका बस्ती डुबानमा छन् । चारदोबाटोबाट बालकोटतर्फको बस्ती र गठ्ठाघरको तल्लो भाग पनि डुबानमा परेको छ ।
यस्तै, मध्यपुर अस्पताल र अासपासका घर डुबानमा परेको छ । मनोहरा खोलाको बाढीले जडिबुटीको सुकुम्बासी बस्ती पुरै डुबाएको छ । घर बाहिर निस्कन पनि नमिल्ने र भित्र पनि बस्न नसक्ने स्थिति रहेको सुकुम्बासी टोलका स्थानीयले बताएका छन् ।
पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु
चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित मझुवामा पहिरोले कच्ची घर पुरिँदा घरभित्र सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदाको मृत्यु भएको छ ।
राती नै पहिरोले घर पुरेपनि बिहान ६ बजेतिर मात्रै उद्दारका लागि अाग्रह भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया