पाल्पामा बस दुर्घटना, २६ जना घाइते

पाल्पा : तानसेन-८, भालेबासको घुम्तीमा दुर्इवटा बस एकअापसमा ठोक्किँदा २६ जना घार्इते भएका छन् । 

बिहान ७ बजेतिर भएको सो दुर्घटनामा परेका केही घार्इतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। 

तानसेनबाट नेपालगञ्जका लागि छुटेको लु १ ख ८१२७ नम्बरको बस र भैरहवाबाट बाग्लुङतर्फ अार्इरहेको लु १ ख ७२७२ नम्बरको बस भालेबासको घुम्तीमा एक अापसमा ठोक्किएको थियो । 

दुर्घटनाका सवै घार्इतेलार्इ लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । उपचार जारी रहेको अस्पतालले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?