चीनले अमेरिकासँग व्यापार युद्ध लड्न सपथ खायो

एजेन्सी : स्याउ, माछा मार्ने लट्ठी र फ्रान्सेली ढोकाजस्ता समानहरूमा महशुल थप गर्ने अमेरिकी चेतावनीको विरोध गरी अमेरिकी शर्त पूर्णरूपमा अस्वीकार गर्दै चीनले अमेरिकासँग व्यापार युद्ध लड्न सपथ खाएको छ  ।

सरकारले यसबारे कुनै विवरण खुलाएको छैन तर वाणिज्य मन्त्रीले यसअघि चेतानवी दिएका थिए ।

अमेरिकाले चिनियाँ सामानहरूमा महशुल थप्ने गरी दिएको चेतावनीले बेइजिंगले पनि त्यस्तो गर्ने देखिएको छ ।

चीनले अमेरिकी सामानमा महशुल नथपेन पनि चीनमा रहेका अमेरिकी कम्पनीहरूलाई तर्साउन शुरू गर्न सक्छ ।

यसबाट अमेरिकी अर्थतन्त्रलाई खियाउने काम गर्छ ।

चीनले अमेरिकाले गरेजस्ता थप महशुल बृद्धि गर्न नसक्ने मिजुहो बैंकका विष्णु वाराथानले भने ।

यसअघि मंगलबार  अमेरिकाले चीनसँग व्यापार युद्धलाई चर्काउँदै २ खर्ब अमेरिकी डलर बराबरको वस्तुहरूमा थप महशुल लगाउन अर्को सूची तयार गरिरहेको जनाएको थियो  ।

यी सूचीहरूमा उल्लेख गरिएका वस्तुहरूमा महशूल सेप्टेम्बरबाट थपिने गरी अमेरिकाले योजना बनाएको छ ।

अमेरिकाको यो कदम दुई देशले एक अर्काको ३४ अर्ब अमेरिकी डलर बराबरको वस्तुहरू महशुल थप्ने निर्णय गरेको केही दिन पछि सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू जस्तै महशुल बढाएर व्यापार युद्ध चर्काउन खोजे चिनियाँ सामानमा थप महशुल थप्ने चेतावनी दिएका थिए ।

महशूल थपिने ६हजार भन्दा बढी वस्तुहरूको सूचीमा खानेकुरा, खनिज र ह्यान्डब्याग जस्ता उपभोग्य वस्तुहरू रहेका छन् ।

दुई देशबीचको व्यापार युद्धका कारण एसियाको स्टक बजार ओरालो लागेको छ ।

चीनको हंककंगस्थित हांगसेंग इन्डेक्स २ प्रतिशतले तल झ-यो ।

संघाई कम्पोजिट इन्डेक्स १.८ प्रतिशतले ओरालियो भने जापानको बेन्चमार्क निक्की २२५ इन्डेक्स १.७ प्रतिशतले ताछियो ।

चीनले अमेरिकी वस्तुमा लगाएको थप महशुलबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गलत भएको दाबी गरेको छ ।

ह्वाउट हाउसले भनेको छ “चीनको महशुल थप्ने व्यवहार अन्यायपूर्ण व्यापारको अभ्यास हो ।”

अमेरिकाको व्यापार प्रतिनिधि रोबर्ट लिगथिजरले चीनको प्रत्याक्रमण न्यायिक नभएको बताए ।

३४ अर्ब बराबरको वस्तुमा थप महशुल शुरू गर्ने काम शुक्रबारबाट लागु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?