हेटाैंडा : बुधबार बेलुकीदेखि परेको लगातारको भारी बर्षाका कारण पहिरो खस्दा मदन काठमाडाैं-हेटाैंडा अावतजावत गर्ने मदन भण्डारी राजमार्ग अबरूद्द भएको छ ।
हेटौंडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौंतर्फको यातायात आज बिहानदेखि अवरुद्ध भएको हो।
काठमाडौंबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजिकै अलपत्र पर्दा यात्रु समस्यामा परेका छन्। दुवै सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्ममा यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया