एजेन्सी : एप्पलका पूर्व कामदारले कम्पनीको चालकविहीन कारको गुप्त जानकारी चोरेर चीन फरार भएको आरोप लगाइएको छ ।
सिआओलोंग झांगले एप्पलको चालकविहीन कार परियोजनामा काम गरे ।
उनले त्यहाँबाट चालकविहीन कारको गुप्त जानकारी चोरेर चीन पुगरे सिआओपेंग मोटर्स कम्पनी खोलेको एप्पलले अदालतमा बुझाएको दस्तावेजमा यो आरोप लगाइएको छ ।
७ जुलाईमा सिआओलोंगलाई क्यालिफोर्नियाको स्यान जोस विमानस्थलमा पक्राउ गरियो ।
अमेरिकाको संघीय गुप्तचर निकाय एफबीआईले व्यापारका गुप्त जानकारी चोरेको आरोप लगाएको छ ।
सिआओपेंग मोटर्सले झांगबाट कुनै किसिमको संवेदनशील जानकारी प्राप्त नगरेको जनाएको छ ।
सिआओलोंगलाई सन् २०१५मा एप्पलले सफ्टवेयरको र हार्डवेयरको विकास गर्न नियुक्त गरेको थियो ।
चीन भ्रमण पछि अप्रिल २०१८मा उनले आफ्ना सुपरभाइजरलाई सिआओपेंग मोटर्समा काम गर्न योजना बनाएको बताएका थिए ।
सुपरभाइजरले एप्पलको सेक्युरिटी टीमलाई यसबारे जानकारी गरायो ।
टीमले सिआओलोंगले गुप्त जानकारी डाउन लोड गरेको पाएको जनाइएको छ ।
जुनमा दिइएको अन्तर्वार्तामा सिआओलोंगले जानकारी चोरेको स्वीकार गरेको अदालतमा दस्तावेजमा उल्लेख छ ।
दोषी पाइएमा उनलाई २ लाख ५० अमेरिकी डलर वा १० वर्षको जेल सजाय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया