अमेरिकी महिलाले भन्सारमा बम वर्षक खोका देखाएपछि विमानस्थलमा खैलाबैला

एजेन्सी : एक अमेरिकी महिलाले लडाईमा प्रयोग हुने सामान विमानस्थलको भन्सारका अधिकारीहरूसमक्ष राखे पछि त्यहाँ खैलाबैला मचेको छ ।

अमेरिकी महिला पर्यटकले भ्रमणको क्रममा द्वितीय विश्व युद्धका बेला बिस्फोटन हुन नसकेको त्यो बम वर्षक खोकालाई स्मरणका लागि घर लान खोजिन् ।

होटलमा सफा गरी  त्यो खोकालाई ब्यागमा राखेर विमानस्थल पुगिन् । 

२४ वर्षीया ती पयर्टकले अस्ट्रियन विमानस्थलको भन्सार अधिकारी समक्ष त्यो खोका राखेर म यो स्मृतिका लागि विमानबाट घर लान पाउँछु कि पाउँदिन आग्रह गर्ने वित्तिकै त्यहाँ आतंक सिर्जना भयो ।

अधिकारीहरूले  तत्काल बम निसक्रिय पार्ने सेनाको टोलीलाई बताए ।

७.५ क्यालिबरको डुड ट्याकको बम वर्षक खोकलाई त्यहाँबाट हटाउन र निसक्रिय पार्न त्यो टोलीलाई बोलाइएको थियो ।

यो घटना पछि आगमन स्थल र गुन्टाभारी स्थलको कारबाही १५ मिनटका लागि स्थगित गरिएको थियो ।

तिनलाई ४ हजार ६९४ अमेरिकी डलर जरिवाना गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?