दाहाल र विश्व बैंक प्रतिनिधीबीच भेटघाट

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र विश्व बैंकको नेपालस्थित कार्यालयका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसबीच बिहिबार बिहान भेटवार्ता भएको छ । 

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको अार्थिक विकास र समृद्दिमा विश्व बैंकको भूमीकाबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ । 

भेटका क्रममा दाहालले नेपालमा ७० बर्षपछि राजीनितिक स्थायित्व हासिल भएको र ३ वटा स्थानीय प्रदेशमा प्राथिमकताका साथ विकास अायोजनाहरू कार्यान्वयन गर्न खोजिएको बताए । 

विश्व बैंकका जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएकाले विश्व बैंकको विकास अनुभव नेपालका लागि उपयोगसिद्द हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?