विश्वकपमा ‘भार’ को प्रयोग : कसलाई फाइदा कसलाई घाटा?

रसिया । रसियामा भइरहेको फिफा विश्वकप फुटबलमा पहिलोपटक भार (भिडियो एसिस्टेन्ट रेफ्री) को प्रयोगसँगै रेफ्रीले दिएको निर्णयमा सहयोग पुगेको छ ।

सेमिफाइनल संस्करण सम्पन्न भएयता ‘भार’ले ५ खेलमा टिमलाई अवसर दिइएको थियो ।

सन् २०१४ को ब्राजिल विश्वकपसम्म रेफ्रीले दिएको निर्णय नै अन्तिम निर्णय मान्ने गरिन्थ्यो तर यसपालिको विश्वकपमा भने रेफ्रीले दिएको निर्णयलाई परिवर्तन गर्न ‘भार’ले सघाउ पुर्‍याएको छ । 
समूह ‘सी’ अन्तर्गत फ्रान्सले अस्ट्रेलियासँग सामना गर्दा ‘भार’को सहायता लिएर पेनाल्टी निर्णय लिइएको थियो । एन्टोइन ग्रिजमान गोल गर्न अगाडि बढेको अवस्थामा जोस रिस्डनले टयाकल गर्दा उनी डिबक्स एरियाभित्र लडे ।  लगतै, रेफ्री आन्द्रेस कुन्हाले खेल जारी राख्न भारको सहयोग लिन परेको थियो ।

रेफ्री आफैंले मैदानबाहिर रहेको स्क्रिनमा रिप्ले हेरेपछि पेनाल्टीको निर्णय लिए  । ग्रिजमनले त्यसै पेनाल्टीलाई सदुपयोग गदै गोल गरे र फ्रान्सलाई जित दिलाए । सो खेलमा फ्रान्सले

कोस्टारिकाका जियानकार्लो गोन्जालेजले छोएपछि नेयमार डिबक्स एरियामा लडे, जसको नतिजा रेफ्री बोर्न क्विपर्सले पेनाल्टी दिने निर्णय लिए । तर रेफ्री क्विपर्सले रिप्ले हेरे र आफ्नो निर्णय परिवर्तन गरे । रेफ्रीले पेनाल्टी दिएको निर्णय ‘भार’को सहायताले फिर्ता लिएको विश्वकपमा यो नै पहिलो अवसर थियो ।

अस्ट्रेलियालाई २—१ गोल अन्तरले पराजित गरेको थियो । 

यता समूह ‘ई’ को अर्को खेलमा ब्राजिलले कोस्टारिकालाई हराउदा पनि ‘भार’को सहयोग लिएको थियो । निर्धारित समयको खेल सकिनै लाग्दा कोस्टारिकाका जियानकार्लो गोन्जालेजले छोएपछि नेयमार डिबक्स एरियामा लडे, जसको नतिजा रेफ्री बोर्न क्विपर्सले पेनाल्टी दिने निर्णय लिए ।

तर रेफ्री क्विपर्सले रिप्ले हेरे र आफ्नो निर्णय परिवर्तन गरे । रेफ्रीले पेनाल्टी दिएको निर्णय ‘भार’को सहायताले फिर्ता लिएको विश्वकपमा यो नै पहिलो अवसर थियो ।

पूर्व विश्व च्याम्पियन स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्दा पनि ‘भार’को सहायता लिइएको थियो । स्पेनका इयागो आसपासले मोरक्कोविरुद्ध बराबरी गोल फर्काए पनि रेफ्रीले अफसाइड दिएको थियो ।

त्यसैबेला रेफ्री रावसान इर्मातोभलाई ‘भार’ले रिप्ले हेर्ने सुझाव दियो । रेफ्रीले रिप्ले हेरेपछि अफसाइडको निर्णय बदले र गोललाई मान्यता दिएको थियो ।

सो खेलमा स्पेन र मोरक्कोले २—२ गोलको बराबरी गर्दै समान १—१ अंक बाडेका थिए । यो गोलसँगै स्पेन समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको थियो । 

त्यस्तै, समूह ‘बी’ अन्तर्गत इरानविरुद्धको खेलमा पोचुर्गलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फाउल हानेपद्धि रेफ्रीले पेनाल्टी हान्ने अबसर दिएको थियो ।

तर रोनाल्डोले पाएको पेनाल्टीलाई सदुपयोग भने गर्न सकेनन् । सो खेलमा दुई अवसरमा ‘भार’को प्रयोग गरिएको थियो । इरान र पोर्चुगलविचको खेल भने एक—एक गोलको बराबरीमा रोकिएको थियो । 

विश्वकप अन्तर्गत नै भएको प्रि—क्वार्टरफाइनल खेलमा स्वीडेनका मार्टिन अल्सनले काउन्टर अट्याक गर्दा डिफेन्डर माइकल लाङले टयाकल गरे र रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिए । त्यतिबेला रेफ्रीले लाङलाई रातो कार्ड देखाए ।

तर ‘भार’को सुझावपछि फाउल पेनाल्टी क्षेत्रबाहिर भएको निर्णय आयो । रेफ्रीले फ्रिकिक मात्र दिए । त्यो खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १—० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको थियो । 

विश्वकप फुटबल अहिले लगभग अन्तिम चरणमा आइसकेको छ । आगामी शनिबार तेस्रो स्थानका लागि इंग्ल्याण्डले बेल्जियमसँग भिड्नेछ ।

यता २१ औ संस्करणको उपाधिका लागि भने पूर्व विश्वविजेता फ्रान्सले क्रोएसियाको सामना गर्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?