ओली र महासेठबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिव र मन्त्रीहरुलाई एकसाथ बोलाएका छन् । 

बुधबार दिउँसो सिंहदरबारमा सबै मन्त्रालयका सचिव र मन्त्रीहरुलाई एकसाथ बोलाएर  मन्त्रालयले के–कस्ता काम गरिरहेका छन् र कस्ता योजना ल्याएका छन् भनेर बुझ्न प्रधानमन्त्रीले सबैलाई एक ठाउँमा भेला गरेका हुन् ।

प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई दिउँसो १ बजे उपस्थित हुन निर्देशन दिएका थिए । तर,  आफैले बोलाएको बैठकमा भने प्रधामन्त्री ओली भने दुई घण्टा ढीलो उपस्थित । 

एक बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ३ बजेमात्रै उपस्थित भए ।

बैठकमा प्रधानमन्त्रीले खासै मन्तव्य नराखे पनि विभिन्न मन्त्रालयका सचिवहरुले आफ्नो प्रस्तुती राखिरहँदा प्रश्नोत्तर भने राम्रैसित गरेका थिए ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट प्रस्तुति हुँदा पानीजहाज सम्बन्धी अध्ययन र कार्ययोजना छिटो ल्याउन प्रधानमन्त्रीले आग्रह गरे ।

प्रधानन्त्रीको प्रशनको जवाफ दिँदै मन्त्री रघुवीर महासेठले पानी जहाज सम्बन्धी अध्ययन गर्न तथा पूर्व–पश्चिम राजमार्गमा बनेका पुलहरु होचा भएकाले हुन सक्ने समस्या बारे छलफल गर्न समय लाग्ने जवाफ दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?