काठमाडौं । मोबाइल मार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय मोबाइल बैंकिङ ग्राहकको संख्या बढ्दै गएको जनाएको छ ।
यस्तै इन्टरनेट बैंकिङको ग्राहक संख्या ७ लाख ८४ हजार पुगेको छ भने ५२ लाख ३५ हजार वटा डेविट कार्ड जारी भएको छ । यस्तै ९७ हजार वटा क्रेडिटकार्ड जारी भएको छ ।
यो राष्ट्र बैंकले बैशाखा मसान्तसम्म जारी गरेको तथ्यांकमा आधारित हो । एटिएम संख्या भने २ हजार ६ सय २४ वटा छ ।
यता हालसम्म बैंक तथा वित्तिय संस्थामा २ करोड २५ लाख वटा बैक खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया