नेविसंघका नेता पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघका एक नेतामाथि आफ्नै कार्यकर्तालाई हातपात गरेको आरोप लागेको छ ।

नेविसंघको केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई प्रहरीले आफ्नै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ । 

बुधबार राति पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

हाल उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको प्रहरी स्रोतले बताएको छ ।  उनी नेविसंघ संस्थापन निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?