‘नेपालले ३० वर्ष पछि विश्वकप खेल्ला कि !’ : भोला सिलवाल, पूर्वखेलाडी

काठमाडौं। नेपालले तीन दशक अगाडिदेखि विश्वकप छनोटमा सहभागीता जनाएपनि नजिता भने त्यति राम्रो ल्याउन सकेको छैन ।

तर सन् २०१४ को छनोट खेलमा सहभागी भएका राष्ट्रिय टिमका महत्वपूर्ण पूर्व खेलाडी भोला सिलवालले नेपालले विश्वकपमा भाग लिन सक्ने सम्भावना रहेको बताएका छन् । 

त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ लगायत खेलकुदसँग सम्बन्धित संघहरुले विषेष ध्यान दिनु पर्ने उनले बताए । 

‘ग्राउण्ड लेभलदेखि नै वर्कआउट गर्नु जरुरी छ । नेपालले विश्वकप खेल्न नसक्ने भन्न सकिन्न, यस पटकको विश्वकपमा पनि नयाँ टिम सहभागी भएका छन् भने नाम चलेका टिमहरु जस्तै इटाली र नेदरल्याण्ड्स छैनन् । हामी कति वर्ष पछि विश्वकपमा सहभागी हुन सकिन्छ भनेर खेलकुद सम्बन्धित निकायले टार्गेट बनाउनु पर्‍यो।’ उनले भने ।

‘सरकारले तीन जिल्लामा मात्र एन्फा टेक्निकल सेन्टर बनाएको छ । अरु जिल्लामा पनि धेरै प्रतिभावान खेलाडीहरु छन् होला तर सबै जिल्लामा टेक्निकल सेन्टर बनाए अझ राम्रो खेलाडीको उत्पादन हुन सक्छ।’

अहिले नेपालमा तीन ठाउँमा मात्र एन्फा टेक्निकल सेन्टर छ । धरान र बुटवलको भन्दा काठमाडौंको एन्फा टेक्निकल निक्कै राम्रो छ ।

 

‘सरकारले तीन जिल्लामा मात्र एन्फा टेक्निकल सेन्टर बनाएको छ । अरु जिल्लामा पनि धेरै प्रतिभावान खेलाडीहरु छन् होला तर सबै जिल्लामा टेक्निकल सेन्टर बनाए अझ राम्रो खेलाडीको उत्पादन हुन सक्छ । निश्चित टार्गेट र लगानी हुन सके पक्कै नेपालले २० वा ३० वर्ष भित्र विश्वकप खेल्न सक्नेछ ।’ सिलवालको भने । 

सन् २०१४ को छनोटमा नेपालले पहिलो प्ले अफमा टिमोर लिस्टेलाई पराजित गरेपनि दोस्रो प्ले अफमा जोर्डनसँग रोकिँदा सिलवाल राष्ट्रिय टिमका प्रमुख खेलाडी थिए । 

८० को दशकको बेला रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबललाई गोल्डेन जेनेरेशनको रुपमा मानिदै आइएको छ । ३२ वर्ष लामो सहभागीताको इतिहास बोकेको नेपालले सन् १९९४ र २००६ बाहेकको बाँकी छनोटमा भने प्रतिस्पर्धा गरेको थियो । 

नेपालले ७ पटक छनोट खेले पनि अघिल्लो चरणको यात्रा भने तय गर्न सकेको छैन । सन् १९८६ को विश्वकप छनोटमा नेपालले पहिलो पटक भाग लिएको थियो ।

८० को दशकको बेला रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबललाई गोल्डेन जेनेरेशनको रुपमा मानिदै आइएको छ । ३२ वर्ष लामो सहभागीताको इतिहास बोकेको नेपालले सन् १९९४ र २००६ बाहेकको बाँकी छनोटमा भने प्रतिस्पर्धा गरेको थियो । 

नेपाली फुटबल इतिहासमा सन् २००२ को विश्वकप छनोट भने अहिलेसम्मकै अविस्मरणीय र सफल मानिन्छ । त्यतिबेला इराक र काजकिस्तानमा खेलिएको सो विश्वकप छनोटमा नेपालले पहिलो पटक खेल जित्दै १३ गोलको सानदार जित दर्ता गराएको थियो । 

यता सन् २०१० देखि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले छनोट प्रतियोगिताको स्वरुप परिवर्तन गर्यो ।

फिफा वरियतामा निकै तल रहेको र कमजोर राष्ट्रहरुले सिधै छनोट चरणमा प्रतिस्पर्धा गरिने प्रणाली हटाउँदै प्ले अफ खेल्ने नियम बनायो । होम एण्ड अवेको आधारमा खेल्ने प्रतिस्पर्धामा नेपालले सन् २०१० मा ओमानसँग प्रतिस्पर्धा गरेको थियो । 

जारी रसिया फिफा विश्वकपको लागि भारतविरुद्ध प्ले अफ खेलेको नेपालले एकमा हार र एक बराबरी खेलेर टुङग्याएको थियो । अहिले नेपाल फिफा र्याङकिङको १ सय ६१ औ स्थानमा छ । 

सन् १९९३ डिसेम्बर देखि १९९४ फेब्रअरीसम्ममा नेपाल १ सय २१ औ स्थानमा थियो । त्यो नै नेपालले फिफा विश्व वरियतामा पाएको सबैभन्दा ठूलो उपलब्धि हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?