अपहरण शैलीमा डा. अधिकारीमाथि भएको दुर्व्यहारप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं । नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. भोजराज अधिकारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावली विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै गृह मन्त्रीको आदेश बमोजिम अपहरण शैलीमा गृह मन्त्रालयमा लगि दुव्र्यवहार गरिएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना गरेको छ ।  

प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सेवारत रहेको अवस्थामा चिकित्सकमाथी शक्तिको दुरुपयोग गर्दै भएको अमानवीय व्यवहारप्रति यस संघले आपत्ति जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक एवं मानव अधिकारका लागि नेपाल चिकित्सक संघको समेत ऐतिहाँसिक भूमिका रहेको तथ्य जगजाहेर छ । लोकतान्त्रिक संघीय गणतन्त्रात्मक सरकारको गृह मन्त्रीकै निर्देशनमा भनी एक निरापराध चिकित्सकमाथी भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथी नै खिल्ली उठाएको छ ।’

संघका महासचिव डा. लोचन कार्की द्वारा हस्ताक्षर विज्ञप्तिमा अलोकतान्त्रिक एवं निरंकुश व्यवस्थामा समेत दुस्साहस नगरिने यस्ता अस्वाभाविक घटनाहरु आगामी दिनमा नदोहोरिउन माग गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?