चीनको औद्योगिक निकुञ्जमा बिस्फोटन

एजेन्सी : चीनको सिचुआन प्रान्तस्थित एक औद्योगिक निकुञ्जमा बिस्फोटन हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । 

यिबिन हेंगडा टेक्नलजिले सञ्चालन गररहेको एक रसायन कारखानामा बिस्फोटन भएको रोयटर्सले एक विज्ञप्तिलाई उल्लेख गरी जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा देखिएका फोटाहरूमा धुवाँ र आगोको मुस्लो ठूलो देखिएको  जनाइको छ ।

तर बिस्फोटन किन भएको हो त्यसबारे अहिलेसम्म केही स्पस्टहुन सकिएको छैन् ।

चीनमा रसायन कारखानाबाट बिस्फोटन हुने घटना धेरै हुने गरेको देखिएको छ ।

उत्तर पूर्वी शहर तियानजनमा एक रसायन कारखानामा बिस्फोटन हुँदा सन् २०१५मा १७३ मानिसको ज्यान गएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?