प्रदेश १ को नाम सगरमाथा विराटनगर !

काठमाडौं । प्रदेश १ को नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारूढ दल नेकपाकै सांसदको फरक–फरक प्रतिक्रिया आएको छ ।

विपक्षी दलका सांसदले राजधानीको विषय र नामको विषयमा प्रस्ताव आएपछि मात्रै प्रतिक्रिया दिने बताइ रहँदा सत्तापक्षका सांसद भने खुलेर नाम र राजधानी प्रस्ताव गरेका हुन् ।

नेकपाका सांसदहरूले प्रदेश १ को राजधानी विराटनगरलाई कायम गर्नुपर्छ र प्रदेशको नाम सगरमाथा राख्नुपर्ने लविङ गरिरहेका छन् ।

ऐतिहासिकता, पूर्वाधार र सामथ्र्यको हिसावले राजधानी विराटनगर र प्रदेशको नाम सगरमाथाभन्दा अर्को उत्तम विकल्प नभएको उनीहरूको धारणा छ । यद्यपी कसैकसैले हावापानी र सबैलाई पायक पर्ने ठाउँ धनकुटालाई राजधानी बनाउनु पर्ने तर्क पनि गर्छ । नामको विषयमा पनि सांसदहरूको धारणा फरक–फरक छ ।

कोही सगरमाथाको पक्षमा छन भने कोही पहिचानका आधारमा नाम राख्नुपर्नेमा जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?