काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा अण्डर चालिसकाे चर्चा !

लोकपथ
4.5k
Shares

नेपाली कांग्रेसले बिगतमा झिनाेमतकाे अन्तरले हारखानु परेकाे काठमाडौँ महानगरपालिकाकाे ३१ नम्बर वडा याे पटक पाेल्टामा पार्ने लक्ष्य लिएको छ।

युवापुस्ताकाे बाहुल्यता रहेकाे यश क्षेत्रमा चालीस नकाटेकाे पुस्ताले नेतृत्व गर्नुपर्छ भनेर नेता प्रकाशमान सिंहले स्थानीयसँग भनेपछि याे वडाका युवाहरूमा उर्जा बढेकाे छ। ३१ नम्बर वडामा नेपाली काँग्रेस बाहेक एमाले, माओवादी र राप्रपा भित्र पनि लाेकप्रिय युवा उमेश तिमल्सिनाकाे नाम वडा अध्यक्षमा चर्चामा रहेको छ ।
घरघरमा पुगेर हरेक समस्याकाे समाधान गर्न जागरुक तिमल्सिना नेपाली काँग्रेस क्षेत्र नम्बर १का सचिव पनि हुन्।तिमल्सिनाकाे उम्मेद्वारीकाे चर्चा सँगै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भनेअनुसार अण्डर चालिसले नेतृत्व पाउने हाे भने काठमाडाै महानगरपालिकाकाे ३१ वडा नेपाली काँग्रेसले जित्ने पक्का भएकाे स्थानीयको भनाइ छ ।

असी वसन्त पार गरेका नारायण रेग्मीले युवा पुस्ता राजनीतिमा आउनु खुशीको कुरा भएको बताए । शुभद्रा अधिकारीकाे भनाइ पनि त्यस्तै छ। भाेटका बेलामात्रै झुल्किनेलाई हाेइन जनता सँगसँगै रहने उमेश जस्तालाई जनप्रतिनिधि बनाइनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?