चीनमा एप्पलको ३० करोड डलरको हरित ऊर्जा कोष

एजेन्सी : चीनमा एप्पलले ३० करोड अमेरिकी डलरको हरित ऊर्जा कोषको स्थापना गर्ने भएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा एप्पलले यो जनाएको हो ।

चिनियाँ सरकारले प्रदुषण घटाउने कार्यक्रम प्रमुख प्राथमिकतामा राखेपछि अन्तराष्ट्रिय कम्पनीहरूमा यसको दबाब परेको छ ।

सरकारले प्रदुषण घटाउन ती कम्पनीहरूमा दबाब दिएको छ । 

आइफोन निर्माता कम्पनी एप्पलको लगानीमा पेगाट्रोन कर्पोरेशन र विस्ट्रोन कर्पोरेशनलगायतका १० आपूर्ति कम्पनीको सहभागीता रहनेछ । यो लगानी चार वर्षको अवधिमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?